चार दिनदेखि विद्युत अवरुद्ध हुँदा खोटाङ जिल्ला सञ्चारबिहिन

0
Shares

रामधन राई,खोटाङ ।
खोटाङमा तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा जिल्ला सञ्चारबिहिन बनेको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईन अन्तरगतको विद्युत शनिबार बिहानदेखि अबरुद्घ हुँदा कुनै पनि सिमका फोन चलेका छैनन् भने बिद्युत अभाबमा ईमेल, ईन्टरनेट ठप्प बनेको छ ।

बिद्युत नहुँदा स्थानीय छापा तथा बिद्युतीय सञ्चार माध्यम बन्द हुनका साथै फोन नचल्दा स्थानीय तहको निर्बाचानका गतिविधि तथा जानकारीमा समेत प्रभाब परेको छ ।

उदयपुरको चप्पन र बरुवाबीचमा समस्या आउँदा बिद्युत अवरुद्ध भएको अनुमान गरिएको छ । विद्युत अवरुद्ध हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङका अनुशार वर्षा र हावाहुरीका कारण विद्युत अवरुद्ध भएको अनुमान गरिएको छ । अवरुद्ध विद्युत सुचारु गराउनका लागि गाईघाटबाट प्राविधिकको टोली खटिसकेको प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्ध हुँदा खोटाङका ४० बढि गाबिसका उपभोक्ता र ओखलढुंगाका सेवाग्राही मारमा परेका छन् ।

बिद्युत अभावमा जिल्लामा विद्युतीय उपकरण, ब्यापार व्यवसाय प्रभाबित भएको छ ।