एक घर, दुई कागती बिरुवा

0
Shares

हेटौंडा,(नेस) ।
जिल्ला कृषि कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा ‘एक घर, दुई कागती बिरुवा’ अभियान शुक्रबारबाट सुरु गरिएको छ ।

कृषि विकास कार्यालय मकवानपुरले एक हजार ४ सय वटा र हेटौंडा उपमहानगरपालिकाले दुई हजार सात सय कागतीको बिरुवा नगरबासीलाई निःशुल्क बितरण सुरु गरिएको हो ।

पहिलो चरणमा १, २, ४ , ५, ६ र १० नं वडामा बिरुवा उपलब्ध गराइने बताइएको छ । टोल विकास संस्थामार्फत् कागतीको बिरुवा बितरण सुरु गरिएको हो । कृषि विकास कार्यालय प्रमुख निर्मल गदालले शुक्रबार हेटौंडा–१, हातेमालो र स्वावलम्बन टोल विकास संस्थालाई कागतीको बिरुवा हस्तान्तरण गर्दै अभियान सुरु गरे ।

‘घरघरमा कागती रोपौं, कागती आयात बिस्थापन गरौं र स्वस्थ बनौं,’ भन्ने नारासाथ अभियान सुरु गरिएको कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ ।

कागतीमा आत्मनिर्भर हुन नसक्दा नेपालमा वर्षेनी भारत र चीनबाट अरबौं रुपियाँको कागती आयात हुँदै आएको छ ।