सरकारले रातारात आचारसंहिता उल्लङ्घन ग¥यो – नेता नेम्वाङ


 

इलाम, ९ असार । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

“हामीले महिलालाई राष्ट्रपति बनायौँ, सभामुख बनायौँ, प्रधान न्यायाधीश बनायौँ तर के अरू दलले बनाउन सके ?” उहाँले प्रश्न गर्दै भन्नुभयो, “प्रधानन्यायाधीश जस्तो स्वच्छ छवि भएका मान्छेलाई कारबाही गर्न खोजे तर पछि आफैँ झुक्नुप¥यो ।”

इलामको फाकफोकथुम–७ स्थित दोकानडाँडामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले रातारात स्थानीय तहको सङ्ख्या थपेर आचारसंहिता विपरीत कार्य गरिरहेको आरोप लगाउँदै उहाँले निर्वाचनको मिति सार्ने, निर्वाचनको समयमा कार्यकर्तालाई पैसा बाँड्ने काम गरिरहेको छ भन्नुभयो ।

फाकफोकथुम गाउँपालिका–७ का वडा सदस्यका उम्मेदवार पञ्चबहादुर योङ्हाङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार दीपेन्द्र खनाल, उपाध्यक्ष सरस्वती राई लगायतले आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्नुभयो ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरेका १०० भन्दा बढीलाई नेता नेम्वाङले अबिर र माला लगाएर पार्टीमा स्वागतसमेत गर्नुभयो ।

निर्वाचन सामग्रीसहित कर्मचारी गाउँगाउँमा

यसैबीच, असार १४ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारी मतदान स्थल पठाउन थालिएको छ ।

दशवटा स्थानीय तह रहेको इलाममा बिहीबार चारवटा स्थानीय तहमा खटिने र आज छवटा स्थानीय तहमा खटिने कर्मचारीलाई सुरक्षाको व्यवस्थासहित मतदान स्थलमा पठाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भौगोलिक विकटता र सदरमुकामबाट टाढा रहेका फाकफोकथुम, माइजोगमाई, चुलाचुली र माङसेबुङ गाउँपालिकाका ५९ मतदान स्थलका ९६ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक निर्वाचन अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ ।

निर्वाचनमा खटिएका मतदान अधिकृत र कर्मचारीले निर्वाचन कार्यालयको कार्यतालिका अनुसार काम गरी मतदातालाई सहजरूपमा मतदान गराउने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताउनुभयो ।

एकसय ४४ मतदान स्थलमा २४९ मतदान केन्द्र रहेको इलाममा एकलाख ८९ हजार २७४ मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा इलाममा स्वयम्सेवकसहित दुई हजार २५५ कर्मचारी र तीन हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । रासस