चाईनिज गाडिले किच्दा भट्टराईको मृत्यु


चिरञ्जीवी मास्के दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ लामाबगर स्थित गोंगर खोला नजिक चाईनीज गाडीले किच्दा सिन्धुपाल्चोकका वि. आर भट्टराईको मृत्यु भएको छ । उनी फ्याफुल्ला कन्सट्रक्सनका म्यानेजर हुन् ।

म्यानेजर भट्टराईलाई विगु गाउँपालिका वडा नम्बर १ लामाबगर स्थित गोंगर खोला नजिक तामाकोसी परियोजना अगाडी १३ नम्बरको चाईनिज गाडिले किचेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिनुभयो । गाडिले किचेपछि उनको घट्ना स्थलमै ज्यान गएको प्रहरी निरीक्षक प्रधानले बताए ।