झण्डै ५ सय जनप्रतिनिकिा लागि १४ सयको मनोनयन


अनिल खत्री गुल्मी ।

दोस्रो चरण असार १४ गते हुने स्थानिय निर्वाचनमा गुल्मीमा ४ सय ८९ निर्वाचित जनप्रतिनिधिका लागी १४ सय २३ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउने कुल उम्मेदवार मध्ये ८ सय ८३ पुरुष र ५ सय ४० महिला उम्मेदवार रहेका छन् ।

जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा रहेका ९३ वडामा उक्त जनप्रतिनिधि झण्डै ५ सय जनप्रनिधि निर्वाचित हुँदै छन् । जिल्लामा रहेका १२ वटा स्थानिय तहका प्रमुका लागी बिभिन्न पार्टीबाट ६७ जनाको मनोनयन दर्ता भएको छ भने उपप्रमुखमा ४७ जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार ९३ वडाका वडा अध्यक्षका लागी ३ सय १४ जनाको मनोनयन दर्ता भएको छ । जस मध्ये १५ जना महिलाले वडा अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा १ सय ३८ मतदान स्थल रहेका छन् । निर्वाचनको लागी नगरपालीका र गाउँपालीकाका ९३ वडाहरुमा २ सय ४० वटा मतदान केन्द्रहरुको संख्या निर्धारण गरेको छ ।