नुवाकोटमा औद्योगिक क्षेत्रको पहल  

0
Shares

हेटौंडा, (नेस) । निकै कममात्र उद्योग स्थापना भएको नुवाकोटमा चालु आर्थिक वर्षभित्र नै औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया थालिने भएको छ । त्यहा“को रातोमाटे र तल्लो पिपलटार क्षेत्रमा पहिलो औद्योगिक क्षेत्र स्थापनाको पहल थालिएको हो ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरुस“गको छलफलमा औद्योगिक क्षेत्रका महाप्रवन्धक नन्दकिशोर बस्नेतले कम्तिमा एक सय रोपनी जग्गा अधिग्रहण गर्ने पहल गर्न आग्रह गर्नुभएको थियो । छलफलमा सहभागी नेउवा महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेका अनुसार त्यहा“को उवा संघले जग्गाको पहल गर्ने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आवश्यक प्रशासनिक र प्राविधिक सहयोग गर्ने बताउनुभएको छ ।

नुवाकोटमा सीमित संख्यामा र छरिएर रहेका केही उद्योगलाई औद्योगिक क्षेत्र स्थापनापछि एकीकृत गरिने र नया“ उद्योगलाई स्वागत गरिने केन्द्रीय सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो । औद्योगिक गतिविधिका माध्यमबाट क्षेत्रीय आधारमा देशको सन्तुलित आर्थिक विकास गर्ने मूल उद्धेश्यसाथ न्यून पु“जी, स्थानीय स्रोतसाधन तथा सीपलाई उद्योगधन्दातर्फ प्रवाहित गर्ने हेतुले निजी क्षेत्रलाई व्यावसायिकढंगले उद्योग क्षेत्रमा लगानी आकर्षित गर्न औद्योगिक क्षेत्र स्थापनाको पहल गरिएको हो ।

औद्योगिक क्षेत्रले उद्योग स्थापनाका लागि अतिआवश्यक आधारभूत पूर्वाधार जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधा एकीकृतरुपमा उपलव्ध गराएर स्थानीय आर्थिक क्षेत्र खासगरी आयात प्रतिस्थापन, निर्यात बृद्धि, स्थानीय सीप र साधनको परिचालन, रोजगारी सृजना गर्दै उद्योग प्रवद्र्धन एवम् विकासमा महत्वपूर्ण योगदान दिने लक्ष्य लिइएको छ ।

नेपालको भौगोलिक तथा क्षेत्रीय आर्थिक सन्तुलनलाई ध्यानमा राखी स्थानीय लगानी, श्रम, सीप तथा कच्चापदार्थमा आधारित उद्योगलाई प्रोत्साहित तथा औद्योगिक प्रवद्र्धन गर्न ११ वटा औद्योगिक क्षेत्र स्थापना भएकोमा हाल १० वटा औद्योगिक क्षेत्र देशका विभिन्न स्थानमा सञ्चालित छन् ।