खोटाङमा एमालेका तर्फबाट दलित महिला सदस्य निर्विरोध


रामधन राई, खोटाङ ।
नेकपा एमालेको तर्फबाट खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रीङको दलित महिला सदस्यमा बच्चीमायाँ परियार निर्विरोध हुनुभएको छ । अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रीङमा ६० वर्षीय बच्चीमायाँ निर्विरोध हुनुभएको हो । दलित महिला सदस्यमा बच्चीमायाँ निर्बिरोध भएपछि जिल्लामा एमालेले खाता खोलेको एमालेका जिल्ला अध्यक्ष बबी चामलीङले बताउनुभयो ।

वडामा दलितको एक मात्र परिवार भएकाले अन्य दलले दलित महिला कोटामा उम्मेद्वारी दिन नसकेको हो । दलित महिला सदस्यमा एक मात्र बच्चीमायाँको उम्मेद्वारी पर्दा निर्विरोध भएको निर्वाचन अधिकृत सिताराम सिग्देलले बताउनुभयो ।