जागरण अभियानद्वारा विद्यालयलाई पंखा


हेटौंडा,(नेस) । सामाजिक दायित्वअन्तर्गत् मकवानपुर जागरण अभियानले हेटौंडा–११, गोल्फेनटारमा रहेको शंकरज्योति आधारभूत विद्यालयलाई ६ थान पंखा सहयोग गरेको छ ।

हरेक दृष्टिले पछाडि परेको र निम्न÷मध्यमवर्गीय परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयलाई मंगलबार विद्यालयमा पुगी अभियान टोलीले सिलिङ पंखा सहयोग गरेको हो ।

अभियान अध्यक्ष कृष्णराज कोइरालाले पंखा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक मुकुन्द न्यौपानेले अभियानको सहयोग र कार्यको प्रशंसा गरे । उनले मध्यमवर्गीय परिवारका २ सय ७५ विद्यार्थी अध्ययनरत् विद्यालयको आर्थिक स्रोत कम भएकाले धेरैजसो शैक्षिक सामग्री सहयोगमा प्राप्त भइरहेको बताए । उनले अभियानको सहयोगले विद्यालयलाई थप टेवा पुगेको भन्दै सहयोग गर्न चाहने अन्य संघसंस्था र व्यक्तित्वलाई पनि सहयोगका लागि अनुरोध गरे ।

अध्यक्ष कोइरालाले विद्यालयको समस्याबारे अभियानलाई जानकारी प्राप्त भएको तर पू“जी अभावका कारण यथाशक्य समयमा सहयोग गर्न नपाएको बताए । गर्मीमा विद्यार्थीहरुले पसिना चुहाएर पढ्नु नपरोस् र कम्तिमा शितल वातावरणमा बसेर विद्यार्थीले अध्ययन गर्न सकुन् भन्ने उद्धेश्यले पंखा सहयोग गरिएको उनले बताए । उनले आगामी दिनमा पनि सहयोग गर्न संस्था सधैं तत्पर रहेको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीका साथै मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनकमान डंगोल, सचिव बालकृष्ण दाहाल, कोषाध्यक्ष सलिना ढुंगेल, सदस्यहरु अञ्जन दाहाल, अच्युत चालिसे र धु्रुव देवकोटालगायतको उपस्थिति थियो । गत वर्ष स्थापना भएको अभियानले थोरै समयमा विभिन्न सामाजिक कार्य गर्नुका साथै सामाजिक हितका विषयहरुमा खबरदारीसमेत गर्दै आएको छ ।