गाउँपालिकाको प्रमुखमा २१ वर्षे युवती उम्मेदवार


अनिल खत्री, गुल्मी । दोस्रो चरण असार १४ गते हुने स्थानिय निर्वाचनमा गुल्मीमा गाउँपालिकाको प्रमुखमा २१ वर्षे युवती उम्मेदवार बनेकी छन् । जिल्लाको चन्द्रको गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट गाउँपालिका प्रमुखमा २१ वर्षिय खिमा बिकले उम्मेदवारी दिएकी छन् । उनि सम्भवत गुल्मीका गाउँपालिका प्रमुखको हकमा कान्छी उम्मेदवार हुन् ।

जिल्लामा दलित र महिलाहरुले प्रमुख पदमा उम्मेदवारी नपाए पनि नयाँ शक्तिले भने दुबै क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाएको उक्त पार्टीका जिल्ला संयोजक तेजेन्द्र थापाले जानकारी दिए । गाउँपालिका प्रमुख उम्मेदवार खिमा बि.कले समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य, बिकास गर्ने नयाँ शैली, महिला हिँसा मुक्त समाज बनाउने चुनावी ऐजेण्डा राखेकी छन् ।

उनले सामाजिक विभेद मुक्त समाज,सामाजिक बिकृति मुक्त समाज ,स्वरोजगार युक्त सुन्दर, शान्त समृद्ध गाउपालिका निर्माणका लागि आफनो उम्मेदवारी रहेको बताइन् । महिला, दलित र युवाहरु प्रतिनित्व गर्दै उम्मेदवार बनेकी बिकले आफुले जिते वढ्दो बेरोजगारी अत्यगर्नको लागी बिशेष खालका योजनाहरु ल्याउने बताइन् ।

 

महिलाहरुलाई प्रमुख पदमा अजै पनि पुरुष समुदायबाट बिश्वास कम गर्छन उनले भनिन ‘त्यसको अत्य गर्न र महिलाले पनि पुरुष सरह केहि गर्न सक्छन् भन्ने उदारणिय पत्र बन्ने गरि काम गर्ने अबसर चाहिएको छ ।’ महिला र दलित प्रति अजै पनि नितिमा परिर्वतन भएपनि व्याहबारमा परिर्वतन नआएकोले त्यसको अत्य गर्न आफनो बिशेष भुमिका राख्ने बताइन् ।

 

गाउँपालिकाको प्रमुखका ठुला तिन दल मध्ये माओवादी केन्द्रले मात्र १ गाउँपालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ भने अरु २ दलले प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छैनन् । जिल्लामा रहेका १२ वटा स्थानिय तहमा नगर र गाउँपालिकाको पमुखमा पनि प्रमुख पदमा दलित उम्मेदवारलाई प्रमुख पदमा उम्मेदवार कम मात्रमा बनाएका छन् । ठुला दल मध्ये एमाले केहि वडामा र माओवादीले नगर प्रमुख र केहि वडा अध्यक्षमा उम्मेदवार बनाए छन् ।