नदाफको हत्या रहस्यमय


लक्ष्मी कुमार साह, महोत्तरी ।
घाँटी रेटी महोत्तरी १ पर्साका २२ वर्षीय नजाम नदाफको हत्या रहस्यमय भएको छ । प्रहरीले मृतक नदाफको हत्या रहस्यमय तरिकाले भएको अनुमान लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले नदाफको हत्या शनिबार मध्यराती भएको बताउनुहुदै युवकको शव आईतबार बिहान जलेश्वर जनकपुर सडक खण्डको ३ सय मिटर उत्तर विग्ही नदिको बाँधमा रहेको आँप बगैचा नजिक बाँसको लाठी र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रारम्भिक अनुसन्धानले ४र५ जनाको संख्यामा आएका युवाहरुको समुहले हत्या गरेको हुनसक्ने अनुमान लगाएको छ । प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरीहरुको टोलीले नदाफलाई टाउको र मुखमा बेस्सरी लाठीले प्रहार गरी बेहोस बनाएर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको देखिएकोले रहस्यमय भएको अनुमान गरेको छ ।
प्रहरीले शव फेला परेको वरिपरि ४(५ जनाको चप्पलको निसान देखिएपछि हत्यामा ४र५ जनाको संलग्नता हुनसक्ने अनुमान लगाउनुहुदै रगतै रगत भएको बाँसको लाठी फेला परे पनि धारिलो हतियार भने अहिलेसम्म फेला नपरेको घटना रहस्यमय देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
नदाफका घरपरिवारमा बुवाआमा सहित पत्नी र एक भाइ रहेका तथा वुवा पेशाले चालक भएको स्थानिय एक महिलाले बताए ।
नदाफ ३ वर्ष अघि महोत्तरीको धर्मपुरकी रैमुल खातुनसँग वैवाहिक जीवनमा बाँधेकी थिइन् । परिवारको आर्थिक अवस्था एकदमै दयनिय भएकोले विवाहपश्चात ३ वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा नदाफ कतार गएका थिए । कतारबाट घर फर्केका ६ महिना नपुग्दै उनको हत्या भएको छ । मृतकको शव प्रहरीले मुचुलका गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको बताउनुहुदै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।