१२ सय ५६ चुनावी मैदानमा


नेपाल समाचारपत्र, पाँचथर ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँचथर जिल्लाबाट बिभिन्न पदका लागि १ हजार २ सय ५६ जनाले मनोनयन दर्ता गरेका छन ।

मुख्य निर्वाचन कार्यालय पाँचथरले दिएको जानकारी अनुसार अध्यक्ष तथा मेयरका लागि ४८ उपाध्यक्ष तथा उपमेयरका लागि ४४ वडा अध्यक्षका लागि २ सय ६५ खुल्ला सदस्यका लागि ४ सय ८१ म्हिला सदस्यका लागि २ सय ३० र दलित महिला सदस्यका लागि १ सय ८८ जनाले नाम दर्ता गरेका छन ।

निर्वाचन कार्यालय पाँचथरका अनुसार सब भन्दा बढी फिदिम नगरपालिकामा ३ सय ७ र सबभन्दा कम तुम्बेवा गाउँपालिकामा ९३ जनाले नाम दर्ता गरेका छन । यसै गरी याᆰवरक गाउँपालिकाबाट १ सय १९,फाल्गुनन्दबाट १ सय ७२ र कुम्मायकबाट ९५ जनाले नाम दता गरेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लामा १ नगर पालिका र ७ गाउँपालिका रहेको छ भने १ लाख १६ हजार ६ सय २८ मतदाता र १ सय मतदान स्थल १ सय ५६ मतदान केन्द्र रहेको छ ।