वीरगन्जका नागरिक भन्छन्ः दांतमा ढुंगा लाग्यो


नौं गाउ पालिका र एक महानगरपालिका सहित एक नगरपालिका रहेको पर्साका नागरिकहरुले स्थानीय तहमा आफ्ना जनप्रतिनिधिहरु छान्नका लागि गरिने मतदान पनि सपना मात्रै हुने पो कि भन्दै चिन्ता समेत जनाएका छन् ।

कृष्णउदास खनाल, वीरगन्ज ।  सरकारले खासगरी राष्टिूय जनता पार्टीका लागि भन्दै दोश्रो चरणको स्थानीय तहको दिन नजिकिदै गर्दा अन्तिम समयमा आएर मिति करिब दुई महिना सारेपछि पर्साका नागरिकहरुलाई दांतमा ढुंगा लागे झैं भएको छ ।

पर्साको वीरगन्जका सचेत नागरिकहरुले दुई नम्बरी नागरिक बन्नुृ परेको भन्दै आक्रोश,पीडा र ब्यग्य सामाजिक संजाल मार्फत पनि ब्यक्त गरेका छन् । आइतबार मुलुकका तीन प्रदेशमा तामझामका साथ उम्मेदवारी दर्ता भएको देखेर पनि यहाँका नागरिकहरुलाई पेट पोलेको हो। नेकपा एमालेका नेता समेत रहेका वीरगन्ज स्थानीय सुन्दर कुर्मीले आफ्नो फेसबुक पेजमा वीरगन्जलाई दुई नम्बर प्रदेशबाट हटाउनु पर्ने मागमा धेरैले सहमत जनाएका छन् ।

वीरगन्जकै युवाहरु जया कपुर,बिकास तिवारीइ लगायतले कुर्मीको बिचारमा सहमत जनाएका छन् भने केही युवाहरुले यसको बिरोध पनि गरेका छन् । दुई नम्बर प्रदेशको लगभग केन्द्रमा रहेको वीरगन्जलाई दुई नम्बरी बनाउदा धेरै संभावना बोकेको वीरगन्ज शहर ध्वस्त हुनेल खतरा बढेकाले आफूले यस्तो प्रश्ताव सामाजिक संजाल मार्फत गरेको कुर्मीले बताएका छन् । नेकपा एमालेका तर्फबाट वीरगन्ज उपमहानगरपालिकाको मेयरको दाबी गरेका कुर्मी जस्तै धेरै वीरगन्जेलीले समयमा चुनाव नहुदा आफूहरुको भविष्य धरापमा परेको भन्दै गुनासो गरेका छन् ।

राजपा चुनावमा आउने संभावना अझै कम भएकाले असोजमा पनि दुई नम्बर प्रदेशमा निर्वाचन हुनेमा वीरगन्ज क्षेत्रका नागरिकहरुले चिन्ता जनाएका हुन् ।  नौं गाउ पालिका र एक महानगरपालिका सहित एक नगरपालिका रहेको पर्साका नागरिकहरुले स्थानीय तहमा आफ्ना जनप्रतिनिधिहरु छान्नका लागि गरिने मतदान पनि सपना मात्रै हुने पो कि भन्दै चिन्ता समेत जनाएका छन् । निर्वाचन पछाडी पर्नुले दुई नम्बर प्रदेश धेरै हिसावमा पछि पर्ने खतरा रहेको बेला बेलामा राजनीतिक बिद् तथा अर्थशास्त्रीहरुले बताउदै आएका छन् ।

लगभग सबै दलले उम्मेदवार समेत टुंगाएको अवस्थामा अन्तिम समयमा आएर चुनाव रोकिदा सांच्चैको दांतमा ढुंगा लागे झैं भएको वीरगन्ज महानगरपालिकाका प्रश्ताविक नेपाली काँग्रेसका तर्फका मेयर अजय ¥िवेदीले बताए ।