सेतीमा बालिका बेपत्ता


 

डोटी, ४ असार । शिखर नगरपालिका–८ गोपघाटस्थित सेती नदीमा नुहाउने क्रममा ११ वर्षीया बालिका बेपत्ता भएकी छिन् ।

आइतबार दिउँसो घर नजिकैको नदीमा नुहाउने क्रममा शिखर नगरपालिका–८ मथपोराका धर्मसिंह दमाइकी छोरी कविता बेपत्ता भएकी हुन् ।

बेपत्ता बालिकाको खोजी भइरहेको इप्रका तिलतालीले जनाएको छ । रासस