फरार अभियुक्त १६ वर्षपछि पक्राउ


नेपाल समाचारपत्र, सिन्धुली ।
साविकको हरिहरपुर गाविस निवासी बाबुलाल भोलनको हत्या अभियुक्त १६ वर्ष पछि पक्राउ परेको छ । २०५८ साल असार ५ गते हारिलो हत्यार प्रहार गरि हत्या गरि परार रहेका काभ्रे जिल्ला गोकुले गाविसका तिलकबहादुर योञ्जनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

अभियुक्त योञ्जनलाई काभ्रे जिल्ला वनेपा नगरपालिका ८ वसपार्क नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक उमाशंकर पञ्जीयारले वताउनुभयो । अभियुक्त योञ्जनलाई पक्राउ गरि जिल्ला अदालतबाट पूर्पक्षको लागि थुनामा पठाएको प्रहरी उपरिक्षक पञ्जीयारले वताउनुभयो ।