गुल्मीमा २ फरार अभियुक्त पक्राउ


अनिल खत्री, गुल्मी । गुल्मीमा भष्टाचार मुद्धामा फरार अभियुत पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका रजस्थल स्थित वडा नं. ६ बस्ने पुष्कर केसी सदरमुकाम तम्घासबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । केसीको २०६८ साल चैत्र २६ गते भष्टचार गरेको अदालताट फैसला भएको थियो ।

 

फरार सुचीमा रहेका केसीलाई शुक्रवार प्रहरीले पक्राउ गरी जिल्ला अदालत गुल्मीमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्धाशाखाका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।

 

यता नाबालिकालाई बलत्कार गर्ने पक्राउ गरेको छ । गत जेठ ८ गते बालिका बलात्कार गरेको आरोपमा फरार ५१ वर्षिय यम बहादुर सुर्यबंशीलाई पक्राउ गरि जिल्ला अदालत गुल्मीबाट म्याद लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।