डोटीमा बिप्लब माओबादी कार्यकर्ता पक्राउ


विमल विष्ट, डोटी ।
नेत्र बिक्रम चन्द बिप्लबले नेतृत्व गरेको नेपाल कम्युन्टि पार्टिका दुई जना कार्यकर्ता डोटीमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसरा पक्राउ पर्नेहरुमा जिल्ला डोटी बड्डी केदार गाउपालिका २ बस्ने बर्ष ४९ का एकबहादुर सलामी तथा दिपायलसिलगढी नगरपालिका ३ थाप्ला बस्ने बर्ष २५को सुसिल मलासी रहेका छन् ।

पक्राउ परेकाहरु के कती कारणले पक्राउ परेका हुन भन्ने बिषयमा प्रहरीले आधीकारीक कुरा केही नखुलाएको छैन् । पक्राउ परेकाहरुलाई सोध पुछ भईरहेको प्रहरीले श्रोतले बताएको छ ।