पोखरा, १ असार । नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले आपूm निर्वाचित भएका स्थानीय तहमा खानेपानी र विद्युत् लाइन विस्तार तथा सडक निर्माण नै जनचाहनाअनुरुप आपूmहरुको पहिलो प्राथमिकतामा परेको बताउनुभएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गरेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउनुभएका प्रदेश नं ४ बाट निर्वाचित जनप्रतिनिधिले जनताका आकाङ्क्षा धेरै रहेकाले सीमित स्रोत र साधनलाई अधिकतम परिचालन गरी प्राथमिकताका आधारमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकामा आएको सरकारी अनुदान रकमलाई अधिकतम सदुपयोग गरी पारदर्शी ढङ्गले विकास निर्माणका काममा खर्च गर्ने बताउनुभयो ।
“दुई दशकपछि निर्वाचित भएर जनप्रतिनिधिहरु आउँदा जनताले धेरै आशा राख्नु स्वाभाविक नै हो”, उहाँले भन्नुभयो – “आपूm जिम्मेवारी र जवाफदेही भएर इमान्दारीका साथ काम गर्छु ।”
स्याङ्जाको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले आफू निर्वाचित भएको नगरपालिकामा खानेपानी अभाव र पक्की सडकको समस्या झेल्नुपरेकाले सुरुमा त्यसकै लागि काम गर्ने बताउनुभयो ।
तनहुँको म्याग्दे गाउँपालिकाका प्रमुख माया रानाले जीर्ण गाउँपालिका कार्यालय भवन, कर्मचारीको अभावजस्ता अनेकौँ समस्या भए पनि जनताका आकाङ्क्षा पूरा गर्न उच्च मनोबलका साथ काम गर्ने दृढता व्यक्त गर्नुभयो ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, पर्वतको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्ल र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गाउँपालिकाको विकासमा अहोरात्र खटिने विश्वास व्यक्त गर्नुभयो । रासस
प्रतिक्रिया