सडक स्तरोन्नतिको काम हुँदै


हेटौँडा, १ असार । मकवानपुर जिल्लाको हेटौँडाबाट कुलेखानी हँुदै फर्पिङ भएर काठमाडाँै जाने सडकअन्तर्गत कुलेखानीदेखि हुुमानेभन्ज्याङ सम्मको १५.६ किमी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति मकवानपुरमार्फत सडक चौडा र स्तरोन्नति गर्ने उद्देश्यले सडकको स्तर वृद्धिको काम भइरहेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको सुपरीवेक्षणमा २०७२ साल मङ्सिरदेखि कुलेखानीस्थित हेभीदेखि हुमानेभन्ज्याङसम्म १५.६ किमी सडकको पहाड काट्ने, टेवा पर्खाल, नाली निर्माण र वटासिल ४.५० किमीसहित ६.५० मिटर फराकिलो सडक स्तरोन्नतिको काम हालसम्म ७५ प्रतिशत सम्पन्न भइसकेको जिल्ला समन्वय समिति, मकवानपुरका इन्जिनियर ललितकुमार चौधरीले जानकारी दिनुभयो ।

विश्व बंैकको सहयोग रकम रु १३ करोड ४९ लाख ८७ हजार (भ्याटसहित)को लागतमा हुमानेभन्ज्याङदेखि फाखेलसम्म ६ किमीसम्म वटासिल (पिच) गर्ने काम सम्पन्न भइसकेको इन्जिनियर चौधरीले बताउनुभयो ।

उहाँले हेटौँडादेखि काठमाडाँैसम्म उक्त सडकको लम्बाइ ७५.६ किमी रहेको बताउनु हुँदै सो सडक स्तरोन्नति सम्पन्न भएपछि त्यस भेगका कृषि उत्पादन हेटाँैडा र काठमाडाँै पु¥याउन अझ सजिलो हुने बताउनुभयो । उहाँले आगामी दुई–तीन महिनाभित्र उक्त सडक स्तरोन्नतिका काम सम्पन्न गराउने लक्ष्य रहेको बताउनुभयो । रासस