चितवन मुद्दा फेरी सर्यो, मंगलबार सुनुवाई हुने



नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धमा परेको रिटमा आज फैसला हुन सकेन । दैनिक सुचीमा रहेको भरतपुर प्रकरणको सुनुवाईको पालो नआएपछि एकसाता पछि मंगलबारलाइृ सुनुवाई सरेको छ ।

 

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

तर, उक्त निर्णयविरुद्ध रिट दायर गर्दै वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्