डोटीमा लामो समय देखी अत्यावश्यक औषधी अभाव


विमल विष्ट, डोटी ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीमा लामो समयदेखि अत्यावश्यक औषधीहरुको अभाव देखिएको छ । लामो समय देखी अस्पताल डोटीमा औषधी नहुँदा जिल्ला अस्पताल डोटी प्राय सुनसान हुने गरेको छ । केन्द्र अर्थात औषधी बिभाग बाट नै प्रयाप्त मात्रामा औषधी नपठाएकाले डोटीमा औषधी अभाव देखिएको हो ।

अहिले जिल्ला अस्पताल देखि गाउँका स्वास्थ्यचौकीहरुमा औषधी नहुँदा बिरामीहरु मर्कामा परेका छन् । स्वाथ्यकर्मिकाका अनुसार ग्याष्ट्रीक, पखाला, खुजुली, प्रसुती पश्चात लगाइने सुई जस्ता औषधीहरु बिगत एक बर्षदेखि जिल्ला स्वास्थ्यमा छैन् । त्यस्तै गएको तीन महिनादेखि आइरन, आइभिपी खोप र सिटामोल पनि अभाव भइरहेको बताईएको छ । क्षयरोगीलाई अनिवार्य खुवाउनु पर्ने औषधी तथा रुघाखोकी लगाएतका औषधी हरुपनि प्रयाप्त मात्रामा नरहेको जिल्ला जनस्वास्थ्य प्रमुख शतिस विष्टले बताउनु भयो ।

 

उहाँले भन्नु भयो ‘हामी संग कुनै पनि औषधी नभएको त हैन,तर केही आवस्यक औषधीहरु अभाब भएको छ,केन्द्र बाट नै प्रयाप्त औषधी नआएकाले जेनतेन गरी समस्या सुल्झाउन बाध्य भएका छौ ।’ गर्भवती महिलाले खानु पर्ने अत्ति आवस्यक औषधी आईरन चक्कि समेत जिल्ला अस्पताल डोटीमा प्रयाप्त मात्रामा छैन् ।

 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बर्ष भरीमा १२ लाखको आईरन चक्कि चाहिनेमा बिभागले जम्मा दुई लाखको मात्र पठाएकाले आईरन चक्किको चरम अभाव देखिएको हो । केन्द्र बाट नै औषधी नआएको भन्दै सुदूरपश्चिम क्षेत्रीय मेडिकल स्टोर धनगढीले पनि ७ महिनादेखि यहाँका अस्पतालहरुमा औषधी पठाएको छैन ।

 

जिल्ला अस्पततलमा औषधी अभाव भएकाले यहाँका सामान्य रोगका बिरामीहरु पनि महांगो रकम खर्च गरेर जिल्ला बाहिर उपचारका लागि जान बाध्य भएको स्थानियबासी सुदिव बोहराले बताउनु भयो । त्यस्तै जिल्ला अस्पतालमा औषधी नहुदा चेकजाकालागि बिारमी पनि कमै मात्रामा आउने गरेका छन् ।

 

कहिले डाक्टर नहुनु तथा कहिने औषधी नहुनु यहाँको अस्पतालको नियती नै भएपनि पछिल्लो समय शतिस विष्ट जनस्वास्थ्य प्रमुख भएर आएपछि एकजना एमडिजिवी डाक्टर तथा अर्का एमबिबिएस डाक्टर जिल्ला अस्पतालमा चौबिसै घण्टा खटिएने गरेपनि औषधी नहुदा बिरामीहरु उपचार गर्न नआउने गरेको बताईएको छ । यहाँको जिल्ला अस्पताल भन्दा पनि निजि अस्पताल तथा मेडीकलहरुमा अहिले बिरामीको बढी घुईचो लाग्ने गरेको स्थानियबासीहरु बताउछन् ।