पछिलाई पनि बाँकी राखौं

0
Shares

 

पहिलो चरणको स्थानीय तह निर्वाचनमा केही साताअघि मात्रै निर्वाचित भएकालाई अहिले नै आलोचना गरिहाल्ने बेला भएको छैन। उहाँहरूले हनिमुन पिरियडको त कुरै नगरौं महिना दिन पनि भएको छैन काम गर्न थालेको। तर, सूर्योदय नहुँदै फोहर गायब भन्ने घोषणा गर्ने महाशयहरूले अचेल फोहर जताततै हुँदा पनि उठाउनका लागि त्यति तदारुकता नदेखाएको देखेर धरहरा पनि चकित खाएको छ। कि बोल्दै नबोल्नु बोलेपछि त पूरा गर्नु नि होऊ।

हत्तेरिका भर्खरै निर्वाचितहरूले यसरी भनेको नपुर्याउने भनेर छाप नछोडून् भन्ने धरहराको चाहना छ। पहिला काम गरेर देखाउनुस्, खादा ओढ्ने लोभ नगर्नुस्। काम गरेर देखाउनुभयो भने त्यस्ता खादा त कति आउँछन् आउँछन्? हामी खादा ओढाउने पनि गलत हौं कि के हो? निर्वाचित भएर एक कप चिया खान पाएको छैन। केको लागि खादा ओढाउनु? यसरी बानी नबिगार्ने हो कि? कमसेकम केही काम गर्न त दिऔं। काम नगरीकनै खादा ओढाउन थाल्दा काम गरिसकेपछि चाहिँ के ओढाउने फेरि? पछिका लागि पनि यसो बाँकी राख्ने हो कि? कि कसो पाठकवृन्द?