राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता विजेता टोलीलाई भब्य स्वागत

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।
पहिलो पटक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता विजेता बनेका ताप्लेजुङका खेलाडीहरुलाई आज ताप्लेजुङमा भब्य स्वागत तथा अभिनन्दन गरिएको छ ।

 

पाल्पामा शुत्रवार सम्पन्न भएको राष्ट्रिय फुटबल लिग विजेता बनेको ताप्लेजुङको टिमलाई सोमवार ताप्लेजुङबासीले भब्य स्वागत तथा अभिनन्दन गरेका हुन् ।

बिजेता खेलाडीहरुलाई जिल्लाबासीले अभिनन्द गरी बाजा सहित नगर परिक्रमा गराएको थियो । जिल्ला खेलकुद विकास समिति,जिल्ला फुटबल संघ ताप्लेजुङको सयुक्त आयोजनामा जिल्लाबासीले स्वागत तथा अभिनन्द गरेका हुन् ।

ताप्लेजुङको टिमले कुनै पनि खेलमा गोल नखाई ३० गोल गरेर विजेता बनेको भन्दै खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति र फुटबल सघले नगद पुरस्कार दिने फुटबल संघका अध्यक्ष मोति पतँवाले बताउनुभयो ।

ताप्लेजुङले फाईनल खेलमा रौतहटलाई २–० को गोल अन्तरले हराएको थियो । यस अघि रौतहट संग ताप्लेजुङको तिन पटक भेट भैसकेको थियो । जसमा तिनै पटक हार वेहोरेको थियो । यस पटक भने त्यसको ताप्लेजुङले वदला लिएको छ ।