नाडाल १०औं पटक च्याम्पियन

0
Shares

 

लन्डन, (एजेन्सी)
राफेल नाडालले १०औं पटक फ्रेन्च ओपनको उपाधि हात पारेका छन्।
फ्रेन्च ओपन टेनिसमा यो उनको कीर्तिमानी जितसमेत हो। फ्रेन्च ओपनको उपाधि १० पटक जित्ने उनी पहिलो खेलाडीसमेत बनेका छन्।

प्रतियोगिताअन्तर्गत आइतबार पेरिसमा भएको पुरुष एकलको फाइनलमा ३१ वर्षीय नाडालले स्विजरल्यान्डका स्टान वावरिन्कालाई ६–२, ६–३ र ६–१ गरी ३–० को सोझो सेटमा पराजित गरेका हुन्। योसँगै महिला अथवा पुरुषको कुनै पनि वर्गमा १० पटक एउटै ग्रान्डस्लाम जित्ने नाडाल पहिलो खेलाडी बनेका छन्।