अनलाइन तालिम


पोखरा, २५ जेठ । नेपाल पर्यटन बोर्डको आयोजना एवम् ट्रिप एडभाइजर संस्थाको सञ्चालनमा पोखरामा पर्यटनको अनलाइन बजारीकरण सम्बन्धमा तालिम प्रदान गरिएको छ ।

प्रशिक्षकद्वय डेमियन कुक र साराहा मत्थेव्हले पोखरामा क्रियाशील १६० पर्यटन व्यवसायीलाई तालिम प्रदान गर्नुभएको हो । नेपालको पर्यटनलाई समयसापेक्ष रुपमा डिजिटल प्रविधिमा जोड्ने लक्ष्यअनुरुप नेपाल पर्यटन बोर्डले तालिम सञ्चालन गरेको बोर्डको पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताउनुभयो ।

तालिम लिएपछि पर्यटन व्यवसायी अनलाइन बजारीकरणबारे जानकारी राख्दै व्यावसायिक दक्षता अभिवृद्धि गर्न सक्षम बन्ने उहाँको भनाइ छ । रासस