भुकम्पले भवन भत्किएपछि छाप्रोमुनि पठनपाठन, बर्षा हुँदा बन्द


रामधन राई, खोटाङ
भुकम्पका कारण बिद्यालय भवन भत्किए पछि रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित जालपा प्राबि दोर्पा चिउरीडाडाँका बिद्यार्थी त्रिपालमुनि पठनपाठन गर्न बाध्य छन् । २०७२ बैशाख १२ गतेको भुकम्पले बिद्यालयको दुई कोठे भवन भत्किएपछि बिद्यालयमा अध्ययनरत २० जना छात्रछात्रालाई बाँसको चित्रा र त्रिपालमुनि पठनपाठन गराउँदै आईएको प्रधानाध्यापक कबिता कटवालले जानकारी दिनुभयो ।

प्रधानाध्यापक कटवालको अनुसार बाँसको चित्रा र त्रिपाल चुहिने भएका कारण बर्षा हुँदा पठनपाठन बन्द गराउनुपर्ने अवस्था छ । हावाहुरी चल्दा तथा बर्षा हुँदा बालबालिकालाई बिद्यालय नजिक रहेको घरमा राख्नुपर्ने बाध्यता भएको प्रअ कटवालको भनाई छ । स्थानीयको पहलमा २०५५ सालमा स्थापित प्राबिको भवन पुर्ननिर्माणका लागि मन्त्रालयमै निबेदन पेश भए पनि हालसम्म पुर्ननिर्माणका लागि सम्बोधन नभएको ब्यवस्थापन पक्षले जनाएको छ । बिद्यालयमा दुई जना राहत एक बालबिकास केन्द्रको सहयोगी कार्यकर्ता र एक कार्यालय सहयोगी रहेका छन् ।