धानको बीउ वितरण


लहान, २५ जेठ । जिल्ला कृषि विकास कार्यालय, सिरहाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ ।

बीउ उत्पादक कृषक समूहमार्फत सङ्कलन भएका विभिन्न छ जातका धानका बीउ सहकारी संस्थाको माध्यमबाट किसानलाई वितरण गरेको कार्यालय प्रमुख रामलखन मण्डलले जानकारी दिनुभयो ।

सिरहामा ७५ प्रतिशत अनुदानमा उन्नत जातका राम धान, ललका बासमती, सुखा ३ र सम्भा मन्सुली धानको बीउ वितरण गरिएको हो । जिल्लाभरिमा २० मेट्रिक टन बीउ वितरण गरिएको छ ।

ललका बासमती, स्वर्णासवन, सावित्री १२, सावा मन्सुली, हर्दिनाथ जातका धानका बीउ अनुदानमा वितरण गरेको कार्यालयले जनाएको छ । जिल्लामा ७६ हजार हेक्टर जग्गा धानखेती योग्य रहेको बताइएको छ । रासस