डकर्मि तालिम पाए पछि महिलाको आम्दानिको श्रोतमा वृद्धि


नेपाल समाचारपत्र, सिन्धुली
कमलामाई नगरपालिका वडा नं. ११ जरायोटारकी सुसिला नेपाली दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आईरहेकी थिइन् । उनको श्रीमान दैनिक ज्यालामजदुर गर्ने र परिवारको वास्ता नगरि मदिरा सेवन गरेर पैशा सक्ने गथ्र्ये । सुसिला एक्लै दैनिक दुई सयमा अरुको खेतमा काम गरेर गुजरा टारिरहेकी थिइन् ।
अहिले डकर्मि तालिम लिएर अरु पुरुष सरह दैनिक सात सय कमाउन थालेकी छिन् । अहिले उनको परिवारको गुजारा टार्न कुनै समस्या छैन । डकर्मि तालिम लिए पछि महिला र पुरुषमा हुने परिश्रमिक भिन्नता पनि हटेको उनी वताउछिन् । ‘पहिला खेतको काम गर्दा पुरुषलाई दैनिक पाँच सय महिलालाई दैनिक २ सय ज्याला दिईन्थ्यो, यो डकर्मि तालिम लिए पछि महिला पुरुष दुवैले बराबरि पारिश्रमिक पाई रहेका छौं ।’
हेल्भेटास स्वीस इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा सञ्चालित ‘पुनर्निमाण सिप’ परियोजना अन्तरगत सञ्चालित डकर्मि तालिमले ग्रमिण स्तरका महिला पुरुषको आर्थिक स्तर उकासिएको हो । परियोजनाले सिन्धुलीका भुकम्प प्रभावित ३२ गाविसका १ हजार ५ सय ५० लाई तालिम दिएको छ । तालिममा भुकम्प प्रभावित र तालिम पश्चात काम गर्ने १६–४० वर्षका युवाहरु सहभागि भएको परियोजनाको नरेश सिंह थारुले जानकारी दिए । तालिममा न्यूनतम ३० प्रतिशत महिला अनिवार्य रहेको परियोजनाका थारुले वताए ।
सिन्धुलीमा भुकम्प प्रतिरोधि घर निर्माणको लागि १ हजार ८ सय ५० दक्ष डकर्मि उत्पादन गर्ने लक्ष्य रहेको र हाल सम्म ६ सय ९० जनालाई तालिम प्रदान गरिसकेको र ८ सय ६० जना तालिमको क्रममा रहेको र वाकि ३ सय जनालाई पनि तालिमको लागि छनौटको चरणमा रहेको परियोजनाको जिल्ला कार्यक्रम संयोजक रेखा उप्रेतिले जानकारी दिईन् । जस मध्ये ४ सय ६५ जना महिलाले तालिम लिएका छन् ।
तालिमको क्रममा भुकम्प पिडितको १ सय ३८ घर निर्माण भएको र ३ सय ७० घर निर्माणको क्रममा रहेको समेत कार्यक्रम संयोजक उप्रतिले जानकारी दिईन् । परियोजनाले ७ दिने सिकर्मि तालिम पनि ३ सय २० जनालाई दिएको छ । जस सध्य ९६ जना महिलाले तालिम लिएको परियोजना संयोजक उप्रेतिले जानकारी दिईन् ।

साविकको डाँडीगुरासे, भद्रकालि, जलकन्या, रानिचुरी, शान्तेश्वरी, नेत्रकाली, तामाजोर, बस्तिपुर अमले, पोखरी, खोलागाउ, खाङसाङ, सोल्पाठाना महादेवडाँडा र रत्नावती गाविसमा परियोजना सञ्चालन भईरहेको छ । त्यस्तै क्यानेश्वर, महेन्द्रझ्याडी, पिपलमाढी, हरिहरपुरगढी, तोश्रामखोला, बाहुनतिल्पुङ, कल्पवृक्ष, महादेवस्थान, वितिजोर, तिनकन्या, बाशेश्वर, भुवनेश्वरी, रतनचुरा, कशेश्वरदुम्जा, पुरानोझागाझोली र मझुवा गाविसमा पनि परियोजना सञ्चालन भईरहेको कार्यक्रम संयोजक उप्रेतिले जानकारि दिईन् ।
परियोजनाले प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको भुकम्प प्रतिरोधि प्रविधि सहितको डकर्मि तथा सिकर्मी तालिमका लागि परिमार्जित पाठ्यक्रममा आधारित रही निजी क्षेत्रका तालिम तथा रोजगार प्रदायक संस्थाहरु मार्फत तालिम प्रदान गरिएको परियोजना संयोजक उप्रेतिले वताईन । जिल्लामा ५ ओटा संस्थाहरु क्रियाशिल रहेका छन् ।
स्थानीय स्तरमा गुणस्तरयुक्त सामाग्रि उपलब्ध नहुनु, काठको उपलब्धता नहुनु, पानीको प्रयाप्त उपलब्धता नहुनु, १६ देखि ४० उमेर समुहका युवाहरु गाउमा प्रयाप्त मात्रामा नुहुनको कारण परियोजनामा समस्या भईरहेको परियोजना संयोजक उप्रेतिले वताईन् । ग्रमिण क्षेत्रका आम्दानीको श्रोत नभएका युवाहरुलाई आफ्नो आफन्तको भुकम्पबाट भत्कएका घर निर्माण गरेर आम्दानीको श्रोत वनिरहेको छ ।
भुकम्प प्रतिरोधि भवन निर्माणको लागि दक्ष प्राविधिक नभएर समस्या भई रहेको अवस्थामा हेल्भेटास स्वीस इन्टरनेश्नल नेपालले दक्ष डकर्मि उत्पादन गरेकोले आव भुकम्प विडितको घरहरु चाडो वन्न सहरी विकास तथा भवन डिभिजन कार्यलयका डिभिजन प्रमुख अच्युतम खतिवडाले विश्वास व्यक्त गरे । जिल्लामा करिब साडे ३४ हजार भुकम्पपिडित लाभग्राहि रहेका छन् ।