ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको गठ्ठाघरमा गएराति ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २५ वर्षीय नीरज मल्ल ठकुरीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार निजकै भाइ वर्ष २२ का अजय मल्ल ठकुरी गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि उपचारका लागि दुवै घाइतेलाई नागरिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिएन्डबी अस्पताल, ललितपुर लगिएको र उपचारकै क्रममा को नीरजको मृत्यु भएको र घाइते अजयको उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले टिपर र टिपर चालक सिन्धुपाल्चोक घर भई हाल चाबहिल बस्दै आएका गोविन्द गिरीलाई नियन्त्रणमा लिएको जनएको छ ।