खोटाङमा आगालागी हुँदा एक घर नष्ट, १५ लाखको क्षति


रामधन राई, खोटाङ ।
घरमा राखिएको सोलारको तार सर्ट हुँदा आगालागी भई खोटाङ जन्तेढुंगा गाउँपालिका–६ का बीरबहादुर राईको घर जलेर नष्ट भएको छ ।

बुधबार दिउँसो करिब २ बजेतिर भएको आगालागीबाट फुसको छानो भएको दुई तले घरसँगै घरभित्र रहेको नगद एक लाख रुपैंया र सम्पुर्ण सामान जल्दा १५ लाख बराबरको क्षति भएको बताईएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएका प्रहरी, नेपाली सेनाको टोली र स्थानीयको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिईएको थियो ।