नदिमा डुबेर एक जनाको मृत्यु


नेपाल समाचारपत्र, प्यूठान
नदिमा डुवेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । स्वर्गद्धारी नगरपालिका वार्ड नम्वर ७ बेलवास तापा निवासी ५९ बर्षिया तोयाराम घर्ती मगर माडी नदिमा मृत अवस्थामा फेला परेका हुन ।

बुधवार बेलुका ५ बजे माछा मार्न जान्छु भनी घरबाट निस्केका मगर साझ अवेर सम्म घर नफर्केपछि परिवारले खोजी गर्दा बिहिवार बिहान ६ वजे भिग्री जलुके नजिकैको माडी नदिमा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

मृत शवलाइ इलाका प्रहरी कार्यालय भिग्रीमा राखिएको छ। शवको स्वास्थय चौकी भिग्रीमा पोष्टमाटमपछि परिवारको जिम्मा लगाइने प्यूठान प्रहररी प्रमुख रन्जित सिहँ राठोरले जानकारी दिए ।