बिप्लवका कार्यकर्ता प्रहरी नियन्त्रणमा


सलिम अन्सारी, प्यूठान
चुनाव बिरोधी गतिबिधी गर्न लागेको भन्दै प्यूठानमा बिप्लव समुहका कार्यकर्तालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । आसन्न स्थानीय तहको निर्बाचनलाइ बिथोल्ने गरि योजना बनाउन लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य सहित ११ जना नेता तथा कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको हो ।

बुधवार माण्डबी गाउँपालिकाको तिराम स्थित कुमालटारबाट उनिहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेकपाका केन्द्रिय सदस्य एवँ राप्ती व्यूरो इन्चार्ज सुवास,केन्द्रिय सदस्य बन्धु चन्द, असल खडका र जिल्ला सेक्रेटरी दढिराम सुवेदी सहितका कार्यकर्तालाइ पक्राउ गरिएको प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। पक्राउ परेकालाइ जिल्ला प्रहरी कार्यालय प्यूठानले आवाश्यक अनुसन्धान गर्ने काम भइरहेको प्यूठान प्रहरी प्रमुख रन्जित सिहँ राठोरले जानकारी दिए ।
नेपाल कम्यूनिष्ट पार्टी प्यूठानले शान्तिपुर्ण तरिकाले जिल्ला समितीको बैठक बसिरहेको ठाउँमा आएर प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यस्को बिरोध समेत गरेको छ ।