यार्सा संकलनमा जानेहरुको संख्या घट्यो


बीरबहादुर बम, मुगु ।
जिल्लाको मुगुम कार्मारोङ्ग गाँउपालिका —२ मुगु गाँउका बिभिन्न पाटन क्षेत्रमा पाईने यार्सागुम्बु संकलनमा जानेहरुको संख्या अगिल्लो बर्ष भन्दा यो बर्ष घटेको छ ।

मुगम कार्मारोङ्ग गाँउपालीकाको मुगु गाँउको रिमार, ठुलोकोखि, स्यानो कोखि, छापाखोला,हङ्गदङ्गखोला, चाल्ने, लगाएत अन्य पाटन क्षेत्रमा पाइने यार्सागुम्बु संकलनका लागी सर्बसाधरण लाई जेठ महिनाको दोस्रो साता देखि संकलन कर्ताबाट बन प्रबेस सुल्क उठाई तेस्रो सातामा वन क्षेत्रमा प्रबेस गर्न अनुमति दिईने गरेको हो ।

यो बर्ष संकलनकर्ता लाई जेठ महिनाको २० गते देखि असारको १५ गते सम्म संकलन गर्ने अनुमति दिएको छ । सम्पन्न भएको स्थानिय निकायको निर्बाचनमा केही संकलनकर्ता आफनो सर्मर्थकको भोजभेतर खान गाँउ नछोडेका र यार्सा पाईने स्थानमा बेला बेला बर्षा हुने गरेको साथै हिमपात हुने गरेकाले चिसोले ज्यान जाने डरका कारण अगिल्लो बर्ष भन्दा यो बर्ष यार्सा संकलन गर्न जानेहरुको संख्या घटेका हो ।


यो बर्ष राजश्व संकलनका लागी मुगुम कार्मारोङ्ग गाँउपालिकाको निर्णयले गाँउपालिकाको —२ नम्बर वडा मुगु गाँउको ब्यबस्थापनको जिम्ममा आफै राजश्व संकलन गर्ने जिम्मा लिएपछी ब्यबस्थापन समितिको निर्णयले संकलनकर्ता परिचय खुल्ने परिचय पत्र अनिबार्य साथमा ल्याउने भनेका र नबालकहरु लाई बनप्रबेस गर्न नपाईने भनेकाले पनि अगिल्ला बर्षहरु जस्तै बिद्यालय जाने बालबालिकाहरु पनि कमै गएका र स्थानिय निर्बाचन सम्पन्न भईसकेपनी गाँउघरमा अहिले धेरै जसो संकलनमा जानेहरु आफना पार्टी सर्मथक हरुको बिजय उम्मेद्धारका भोजभतेरमा रमाएकाले पनी संकलन गर्न जानेको संख्याम कमि आएको मुगु कार्मारोङ्ग गाँउपालिका —२ का वडा अध्यक्ष कार्मा तामङ्गले बताए ।
अगिल्लो बर्ष ८० लाख राजश्व संकलन भएको थियो । यार्सा संकलनमा ८ हजार भन्दा बढी पाटन क्षेत्रमा प्रबेश गरेको तथ्याङ्क रहेको छ । यो बर्ष जम्मा ४ हजार जना मात्र वन प्रेबस गरेका छन अगिल्लो बर्ष भन्दा यो बर्ष राजश्व पनि आधा घटेको छ जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ४१ लाख मात्र राजश्व संकलन भएको छ ।

यार्सा संकलनका लागी जिल्ला बासिलाई १५ सय र बाहिर जिल्ला बाट आउनेहरु लाई २ हजार तोकिएको थियो । गएको बर्षहरुमा यार्सा संकलनकर्ताहरु बाट जिल्ला बिकास समितिर सम्बन्धित मुगु गाँउ बिकास समितिले स्थानिय जिल्ला बासिहरुका लागी १ हजार र बाहिर जिल्लाबाट आउनेहरुका लागी १ हजार ५ सय राजश्व लिने गरेको थियो ।