पाथिभरा क्षेत्रका पोखरी र ताल पुरिदै


रविन भट्टराई, ताप्लेजुङ

अव्यवस्थित सडक र बस्ति निर्माणका कारण ताप्लेजुङको पाथिभरा क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरु मासिन थालेका छन ।

सडक निर्माण र बस्ति निर्माणका क्रममा फालिएका माटोले यस क्षेत्रका दर्जनौ पोखारी पुरीएका छन् भने केहि ठुला पोखरी पनि ढल र माटोले पुरीन थालेको स्थानियले बताएका छन् ।

गुराँस लगायतका वन जंगल मासिदा यस क्षेत्र उजाड बन्दै जाँदा बाँकि रहेका पोखरी पनि सुक्न थालेको भन्दै सारोकारवाला हरुले चिन्ता व्यक्त गरेका छन् ।

केहि वर्ष अघि सम्म पुजा पाठ हुने पाथिभराको तल्लो फेदिमा रहेको नागपोखरी नजिकैबाट सडक खन्दा पुरीने अबस्थामा पुगेपनि संरक्षणका क्षेत्रमा काम गर्ने संघ संस्थाले ध्यान नदिएको नेपाल पत्रकार महाँसंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

यो पोखारीमा हिउँदको समयमा विभिन्न किसिमका लोप हुन लागेका चराहरु आएर बस्ने र वर्षातको समयमा जाने गरेपनि अहिले पोखरीनै अतिक्रमणको चपेटामा परेपछि चराहरु समेत आउन छाडेको वातावरणको क्षेत्रमा काम गर्ने स्थानिय चन्द्रप्रकास भट्टराईको भनाई छ ।

वातावरण दिवसको अवसरमा जिल्ला बन कर्यालयलय, वातावरण संरक्षण तथा विकास मञ्च लगायतका सरोकारवाला संस्थाहरुले सदरमुकाम नजिकै रहेका कृतिम पोखरी सफाई गर्ने र बृक्षारोपण गर्ने कृयाकलाप गर्दै संरक्षणको नारामा भाषण गरे पनि जिल्ला भित्रै रहेका प्रकृतिक पोखरी र ताल संरक्षणमा भने ध्यान नदिएको पाईएको छ ।