धरौटी बुझाएका कार्यकर्ता छुटाउ भन्दै सल्यान बन्द


सरिता चलाउने, सल्यान ।
जिल्ला प्रशासन कार्यालयमा धरौटी राखेर छुट्ने वित्तिक्कै गेटबाटै पक्राउ परेका कार्यकर्तालाई छाड्न माग गर्दै नेकपाले आज सल्यान बन्द गरेको छ ।

स्थानिय चुनाव खारेज गर्ने जनाएको कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरी चुनाव पनि विभिन्न कारणले पक्रेको १ महिना पछि आईतबार (हिजो) उनिहरू धरौटीमा रिहा भएका थिए ।

त्यसकै विरोधमा सोमबार १ दिनका लागि सल्यान बन्द गरिएको नेकपा सल्यानका सेक्रेटेरी लोकपाल केसीले बताउनुभएको छ ।

स्थानिय चुनावलाई आफुहरूले जीवन मरणको सवाल बनाएनौ भन्दै लोकपाल केसिले( सरकार जीवन मरणको सवाल बनाएर विभिन्न बहानामा चरणचरणमा चुनाव बनाएर देशलाई अरबौ रकमको ऋण बोकायो घरमा रहेका कार्यकर्ता गिरफ्तार गरेर सार्वजनिक मुद्धा चलायो चुनाव सकिएको सल्यानमा अझै के दमन गर्ने रणनिती चालेकाले आफुले संघर्षका कार्यक्रम गरेका हौ ।

आफ्ना कार्यकर्ता नछाडेमा कडा संघर्षका कार्यक्रम गरेर जाने पनि नेता लोकपालले जनाउनुभयो । संघर्षका कार्यक्रमहरु उनले पार्टीको राप्ती व्यूरोको निर्देशन बमोजिम गरिने जनाएका छन ।