शिवम् सिमेन्टद्वारा सहप्रायोजन


काठमाडौं, (नेस)
शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सहप्रायोज गर्ने भएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २३ गतेदेखि प्रतियोगितामा हुनेछ।

हालै एक कार्यक्रमका बीच शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गएको छ। सम्झौता अनुसार शिवम् सिमेन्टले प्रतिष्ठानलाई नगद तीन लाख रुपियाँ उपलब्ध गराउने छ। साथै प्रतियोगिता अवधिभर कार्यक्रमस्थलमा ब्यानर, होडिङ बोर्ड तथा तुललगायतका खर्च पनि शिवम् सिमेन्टले बेहोर्ने छ।
शिवम् सिमेन्टका अध्यक्ष गोयलले भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा बधाई ज्ञापन गर्दै नेपाली खेलकुद क्षेत्रमा कम्पनीले पहिलोपटक महिला भलिबललाई प्रायोजन गरेको बताउनुभयो।

शिवम् सिमेन्टले व्यक्तिगत स्पर्धातर्फको दुई विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्नेछ। जसअन्र्तगत शिवम् सिमेन्ट बेस्ट डिफेन्स र शिवम् सिमेन्ट बेस्ट ब्लकरको उपाधि प्रदान गरिने छ।