काठमाडौं,(नेस)
होटल र्याडिसनका प्रमुख तथा प्रबन्ध निर्देशक बिके श्रेष्ठको मंगलबार बिहान भैंसेपाटीस्थित उहाँको निवासमा ६४ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार उहाँ केही समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
यसअघि अस्पतालमा उपचारार्थ लगिएकोमा पछिल्लो समय भने उहाँले आफ्नो निवासमै चिकित्सकको सहयोगमा उपचार गराइरहनुभएको थियो ।
उहाँ नेपालको पर्यटन प्रवद्र्धनमा विगत चार दशकदेखि सक्रिय रहनुभएको थियो । उहाँ होटल एशोसिएसन अफ नेपाल (हान)को पूर्व अध्यक्ष हुनुका साथै नेपाल जर्मन चेम्बर अफ कमर्सका समेत पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँका पत्नि र तिन छोरी हुनुहुन्छ ।
प्रतिक्रिया