निजगढ–काठमाडौं दू्रतमार्ग शिलान्यास


गोकुल घोरसाइने, बारा
प्रधानमन्त्री पुष्पकमल दहालले काठमाडौं तराई⁄मधेस फास्ट ट्रइकको आइतबार शिलान्यास गर्नुभएको छ।

कामचलाउ सरकारका प्रधानमन्त्री दहालले राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको दू्रतमार्गको शिलान्यास गर्नुभएको हो।

प्रधानमन्त्री दाहालले बाराको निजगढस्थित तामागढीमा नेपाली सेनाले निर्माण गरेको स्तम्भ अनावरण गर्दै फास्ट ट्रइकको उद्घाटन गरेका हुन्।

नेपाली सेनाले निर्माण गर्ने तयारी शुरु गरेको आयोजना शिलान्यासका लागि प्रधानमन्त्री दाहाल रक्षा मन्त्री बालकृष्ण खाड, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, वन मन्त्री शंकर भण्डारी र नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसहितको टोली निजगढ पुगेको थियो।

कायक्रममा बोल्दै प्रधानमन्त्री दहालले आयोजना निर्माणमा रहेको अन्यौल हटेको र शिलान्यासपछि निर्धारित समयभित्र आयोजना पूरा हुने बताए।

उनले आफ्नै पालामा दू्रतमार्ग निर्माणको काम थालनी गर्ने इच्छा रहेकाले नेपाली सेनालाई जिम्मा दिएर निर्माण कार्य अघि बढाउन लागेको बताउनुभयो।
उहाँले दू्रतमार्ग निर्माणले नेपाललाई भौगोलिक र भावनात्मक रूपमा पनि जोडने बताउनुभयो।

मन्त्रिपरिषद्को गत वैशाख २१ गतेको निर्णयबाट आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

उहाँले आफू प्रधानमन्त्री बनेपछि नेपाली सेनाले विकास निर्माण कार्यमा पुर्याउँदै आएको भूमिकालाई अझ बढाउन चाहेको र त्यही कारणले सेनाको जिम्मा लगाएको बताउनुभयो।

‘अवसर र चुनौति पनि छ, प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘तोकिएको समयभित्र निर्माण कार्य पूरा गर्न नसके सेनाको छविमा पनि आँच आउन सक्छ।’ उहाँले आयोजना सम्पन्न भएपछि सेनालाई विशेष पुरस्कार र सम्मानको व्यवस्था गरिने बताउनुभयो।
कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको यो अवसर चुनौतीका रूपमा रहेको भन्दै नेपाली सेनाले निर्धारित समयमा नै निर्माण कार्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

प्रधानसेनापति क्षेत्रीले सेनालाई निर्माणको जिम्मा दिएकोमा सरकारलाई धन्यवादसमेत दिनुभयो।

आयोजनाअन्र्तगत नेपाली सेनाले ४ वर्षअघि ट्रइक खन्ने काम पूरा गरेको थियो।
नेपाली सेनाका बालाध्यक्ष रथी एंव आयोजना निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले तोकिएकै समयमा गुणस्तरीय सम्पन्न गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

नेपाली सेनाका प्राविधिक उपरथी एंव आयोजना प्रमुख योगेन्द्रबहादुर खाडले आयोजनाको डीपीआर तयार पार्ने काम भइरहेको जानकारी दिँदै उपयुक्त मोडल बनाएर निर्माण कार्य सञ्चालन गर्ने बताउनुभयो। उहाँले आयोजनाअन्र्तगत ९९ पुल, डेढ किमी सुरुङ, आकाशे पुल, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने जानकारी दिनुभयो।

उहाँले सेनाले ४ वर्षभित्र आयोजना सम्पन्न गर्ने पनि बताउनुभयो। ललितपुरको खोकनाबाट काठमाडौंको चल्नाखेल, मकवानपुरको छतिवन, धियाल हुँदै निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने सो आयोजनाको लागत करिब १ खर्ब १२ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ।