आधारभूत विकास पत्रकारिता तालिम

0
Shares

गुलरिया (बर्दिया), ९ जेठ । उत्पादन, गुणात्मक र परिमाणात्मक क्षमता अभिवृद्धिका लागि राजापुरमा तीनदिने आधारभूत विकास पत्रकारिता तालिम सन्चालन भइरहेको छ ।

प्रेस सेन्टर नेपाल बर्दियाको आयोजना र राजापुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । उक्त तालिमको उद्घाटन आइतबार प्रमुख अतिथी राजापुर नगरपालिकाका प्रमुख चिरञ्जीवी गिरीले गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथी प्रेस सेन्टर प्रादेशिक सहसचिव शीतल थापा, पत्रकार महासङ्घ बर्दियाका राजेन्द्र धिताल, प्रेस युनियनका सन्तोष पौडेल, बर्दिया उद्योग वाणिज्य सङ्घका राजापुरका उपाध्यक्ष चन्दे्रश्वर सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

आइतबारदेखि सुरु भएको तालिममा पत्रकारिता, सञ्चार र समाचारका विषयमा पत्रकार महासङ्घ बर्दियाका राजेन्द्र धिताल र प्रेस युनियनका उपाध्यक्ष सन्तोष पौडेलले मुख्य प्रशिक्षण दिनुभएको थियो । सञ्चारिका समूहका अध्यक्ष पुष्पा चौधरी र रेडियो साथी एफएमका प्रबन्धक केशव कोइराला तथा पत्रकार महासङ्घका उपाध्यक्ष तथा प्रेस सेन्टर बर्दियाका अध्यक्ष मेनका चौधरीले पनि तालिम प्रदान गर्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल बर्दियाकी अध्यक्ष चौधरीको सभापतित्वमा भएको सो तालिममा राजापुर नगरपालिकाका प्रत्येक वडाबाट दुई÷दुई जना गरी २० जना सहभागीको उपस्थिति रहेको छ । रासस