डोटीमा अरबौको लगानीमा बन्दै बिद्युत गृह


विमल विष्ट, डोटी ।
डोटीको बड्डीकेदार गाउपालिका ९ बिपिनगर स्थित कापडी गाडमा एक अरबको लगानीमा बिद्युत गृह निर्माण हुन थालेको छ । सालमुनी हाईड्रो पावरका नामले निर्माण हुन थालेको उक्त बिद्युतलाई सनमानदेबी हाईड्रो पावर तथा स्वयम्भु कन्ट्रक्सनले निर्माण कार्य सुरु गर्न थालेको छ ।

आगामी बैसाक २०७५ सम्ममा सम्पुर्ण निर्माण कार्य सकिने लक्ष अनुसार उक्त बिद्युत गृह निर्माण गरिन लागेको निर्माणाधिन सो बिद्युत पावर हाउसका टनेल (सुरुङ) ईन्चार्ज मिन पोख्रेलले बताउनु भयो ।


उहाँले भन्नु भयो ‘एक बर्षमा बिद्युतको सम्पुर्णकाम सक्ने उदेश्यले हामी लागि परेका छौ र सोही अनुसार तिब्र गतिमा हाम्रो काम अगाडी बढेको छ,आसा गरौ लक्षित समयमै हाम्रो काम सकिने छ ।’ उक्त बिद्युत पावर हाउसको बिद्युत उत्पादन क्षमता ३.३३ मेगावाट रहेको समेत टनेल (सुरुङ) ईन्चाज पोख्रेलले जानकारी दिनु भयो । अहिले सो बिद्युत पावर हाउसको सुरुङ खन्ने कार्य सुरु भएको छ । उक्त पावर हाउसको एक जार २ सय मिटर लामो सुरुङ खन्नु पर्ने बताईएको छ ।
हाल सनमानदेबी हाईड्रो पावर तथा स्वयम्भु कन्ट्रक्सनले करिब ६ सय मिटर भन्दा बढी सुरुङ खनि सकेको छ । सनमानदेबी हाईड्रो पावर तथा स्वयम्भु कन्ट्रक्सन र नेपाल सरकार बिच उक्त सालमुनी हाईड्रो पावर बाट उत्पादन गरीएको बिद्युत राष्ट्रिय प्रशासरण लाईनमा जोडिने र पछि नेपाल सरकारले नै उक्त बिद्युत आबस्यक क्षेत्रहरुमा बिक्रि बितरण गर्ने भन्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार ३० बर्ष सम्म उक्त बिद्युत बिक्रि बाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ । उक्त बिद्युत निर्माणका लागि करिब एक अरब लागत लाग्ने अनुमान गरिएको टनेल ईन्चार्ज पोख्रेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘हामीले सुरुमा काम गर्दा ८०÷९०करोडको लगानीमा काम सम्पन्न होला सोचेका थियौ,पछि काम गर्दै जादा त्यती रकमले नपुगी एक अरवनै लाग्ने देखिएको छ,जे भएनी हामी काम सम्पन्न गरेरै छोड्छौ ।’

बिपिनगरमा बिद्युत निर्माण हुन थालेपछि त्यहाँका स्थानियबासी निकै खुसि भएको स्थानिय रोजबहादुर कलेलले बताउनु भयो । उहाँले भन्नु भयो ‘बत्ति नभएर अन्धार भएको हाम्रो ठाउमा केही समयमै झिली मिली हुने भयो हामी त्यसैमा खुसि छौ ।’ बिद्युत पावर हाउस निर्माण हुन थालेपछि त्यहाँका सयौ स्थानियले पनि अहिले रोजगार पाएका छन् ।
गाउमै रोजगारी पाएपछि त्यहाँका स्थानियहरु कामका लागि भारत जाने परमपरा पनि हट्न थालेको अर्का स्थानिय लोकेन्द्र बहादुर छेडालले बताउनु भयो । उहाँले भन्नु भयो ‘पावर हाउसले सबैलाई खुसिनै बनाएको छ,घरको खाना खाएर काम गर्न जान्छन्,रोजगारी मिलेको छ,यो भन्दा अरु के नै चाहियो र ।’ उक्त पावर हाउस बाट उत्पादन हुने बिद्युत बितरण पछि डोटी लोडसेडिङ मुक्त जिल्ला हुने आसामा त्यहाँका स्थानिय निकै खुसि भएका छन् ।