वेवारिसे काठ फेला

0
Shares

लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा वेवारिसे अवस्थामा सशस्त्र प्रहरीले काठ फेला पारेको छ ।
सशस्त्र प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको काठ सागरनाथ वन विकास परियोजनामा बुझाएको छ ।
शनिबार विहान सशस्त्र प्रहरी सुरक्षा वेश रामनगरका सशस्त्र प्रहरी निरीक्षक छवि राउतको नेतृत्वमा खटेको टोलीले करिब ३० हजार बराबरको काठ फेला पारेको थियो ।
साल जातिको ११ क्यूफिट र भिक्स जातिको ७ क्यूफिट गरि १८ क्युफिट काठ टोलीले आफ्नो नियन्त्रणमा लिई सागरनाथ वन विकाकस परियोजना अन्तर्गत हातिलेट वन व्यवस्थापन शाखामा बुझाएको सशस्त्र प्रहरी निरीक्षक राउतले बताए ।