आपत्ति

0
Shares

सरकारले टीकापुर घटनाका दोषीहरूलाई उन्मुक्ति दिन लागेको खबर हिजोआज संचारमाध्यममा आइरहेको छ। यो खबर सुनेर धराहरालाई पनि चिन्ता लागेको छ। चिन्ता नलागोस् पनि कसरी?

शान्ति कायम गर्न ड्युटीमा खटिरहेका सुरक्षाकर्मी जुन तरिकाले मारिए, त्यो निकै निन्दनीय छ। माफी दिइए उनीहरूका आत्माले पनि धिक्कार्ने छ भन्ने धराहरालाई लागेको छ। पीडित परिवारको आँशुको मुल्यलाई नजरअन्दाज गर्दै सरकारले गरेको यो निर्णयले दण्डहिनतालाई प्रश्रय दिनेछ भन्ने सर्वत्र अनुमान छ।

ती मृतक सुरक्षाकर्मीको योगदानको कदर राज्यले गर्नुपर्छ। उनीहरूको हत्या गर्ने दोषीलाई कुनै पनि हालतमा माफी दिनुहुँदैन भन्ने आम नागरिकले चोकचोकमा बसेर कुरा गरेको धरहराले नसुनेको होइन।
सम्पुर्ण नेपालीको आत्मसम्मानमा ठेस पुग्ने गरी गरिएको यो निर्णय अब के हुँदो रहेछ धरहराले हेरिरहेको छ।