पञ्चायती व्यवस्थाले शुरु गरेको सिचाई आयोजना अलपत्र



सलिम अन्सारी, प्युठान

–तुहींदै माडीवासिको सिचाँइ सपना

–बर्षेनी करोडौं रुपियाँ छुट्याउँदा पनि लुङ्ग्री–माडी सिचाइ योजना सफल भएन ।

लुङ्ग्री–माडी सिचाँइ योजना निर्माण थालिएको तीन दशक पुरा भयो । यो अबधीमा देशको व्यवस्थामा धेरै परिवर्तन आइसक्यो, सिचाइ डिभिजन कार्यालयमा दर्जनौ प्रमुख फेरिए, एउटा पुस्ता नै हुर्किसक्यो, तर नहर भने अझै अधुरै छ ।

निर्माण सकिने बेला यसपाली पनि योजना अधुरै रहने भएपछी माडिबासिको सिचाइँ गरेर कृषि उत्पादन बढाउने आशा भने निराशामा परिणत भएको छ । २०४२ सालमा पञ्चायती व्यवस्थामा शुरु भएको सिचाई आयोजनाको काम तिन दशक पछि गणतन्त्र आइसक्दा सम्म पनि निर्माण सकिएको छैन ।

रोल्पाको लुंग्रीमा मुहान रहेको आयोजनाबाट रोल्पाका केही भाग अनि प्युठानको सारी, बेलबास, बर्जिबाङ हुदै चाल्नेटार सम्म २४ किलोमिटर नहर निर्माण गरेर १ हजार हेक्टर जमिनमा सिचाँई गर्न सकिने संभाव्यता अध्ययन भएको थियो ।

तर कार्यान्वयन पक्ष फितलो देखिएपछि नहरको लम्बाई छोटयाएर १२ किलोमिटर मात्र बनाउने योजना अघि सारियो । त्यसै अनुसार गत बर्षको असार सम्म सिध्याउनुपर्ने काम नहरको आकार छोटयाउदा पनि अझै पूरा हुन सकेन । माडी खोलाको पानि ल्याउन नसकिएपछि जूतुङ खोलाको पानि ल्याएर केही समय लक्षीत क्षेत्रमा खेती गरियो ।

तर सडक खन्नेक्रममा उक्त नहर पुरिएपछि अहिले नहरमा पानी बगेको छैन । महिना दिन अघि रोल्पाको छिर्नी देखि कोइरालेखर्क जोड्ने नया ट्रयाक खन्ने क्रममा खसेको माटोले कुलो अबरुद्ध पारेपछि नहर सुख्खा भएको छ ।

‘शुरुवातमा २४ किलोमिटरको नहर तयार पार्ने योजना भए पनि कार्यान्वयन पक्ष फितलो देखिएपछि आकार सानो पारियो’ –सारीका स्थानिय भरत राउतले भन्नुभयो । ‘सडकले क्षती पुर्यायो, जुतुङ खोलाको नहर पनि हाल बन्द छ । सिचाइ अभावमा यस क्षेत्रका थुप्रै क्षेत्रफल खेति योग्य जमिन बाँझै राख्नु पर्यो’–उहाले दुखेसो पोख्नुभयो । लुंग्री–माडी जिल्लाको आर्थिक सम्बृद्धिसंग जोडिएकाले यो योजना पुराभएमा यहाका किसानको जिबनस्तरमा मद्धत पुग्ने देखिएको छ । यो योजना पूरा भए प्युठानको सारी १, २ र ३ का झण्डै ७ सय ६२ घरधुरिका २ सय ३० हेक्टर जमिनमा सिचाइ गर्न सकिने छ ।

प्रती किलोमिटर १ करोड खर्च

योजना स्वीकृत भएको समय देखि हाल सम्म १३ करोड बराबरको रकम नहर निर्माणमा खर्च भइसकेको छ । त्यसमा करिब १ करोड बराबर स्थानीयले श्रमदान गरेका छन । सिँचाइ डिभिजन कार्यालय प्युठानका अनुसार प्रतिकिलोमिटर नहरमा १ करोड रुपैया खर्च भएको छ । राज्यले नहर निर्माणका लागी २०४४ देखि २०६३ सम्म करिब साढे चार करोड रकम खर्च भएको छ ।

२०६३ साल पछि पूनः राजनैतिक किचलोका कारण नहर निर्माणको काम अन्यौलमा परेको थियो । २०६५ सालमा तत्कालीन सरकार, आइएलसी, नेपाल सिचाई परियोजनाबाट ४ करोड ८४ लाख ९७ हजारको लागतमा आयोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । त्यहाँ क्रमागत योजनाको रुपमा राज्यले बर्षेनी बजेट बिनियोजन गर्दै आएको छ । आर्थिक वर्ष २०७१÷७२ सालसम्ममा थप पाँच करोड ८६ लाख १२ हजार पाँच सय ५९ रुपैयाँ गरी कुल १० करोड ७१ लाख नौहजार पाँच सय ५९ रुपैयाँ खर्च भएकोे छ । तर निमार्ण सम्पन्न हुने नाम निशाना छैन ।

सरकारको मझौला सिँचाइ आयोजना अन्तर्गत पर्ने यो आयोजना निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड ९० लाख खर्च गरिएको थियो । आयोजनाको मुख्य मुहान लुंङ्ग्री देखि सिचाइ क्षेत्र १३ किलोमिटर टाढाको दुरिमा पर्छ ।

यसै बर्ष सिचाइ सुबिधा पुर्याउछौं– डिभिजन प्रमुख

सडक खन्ने क्रममा नहर पुरिएर क्षतिग्रस्त भएपछी माडिखोलाबाट पानी ल्याएर सिँचाइ गर्ने संभावना न्यून छ । गत बर्षको माघमहिनामा रोल्पा सुलिचौर स्थित रुनिबाङ क्षेत्रमा तेवाङ, अरेश र गाम पुर्याउने सडक खन्ने क्रममा निस्केको ढुङ्गा माटो सिधै नहरमा फांलिदा लाखौको क्षती पुगेको हो । ‘निर्माण भएका नया र पुराना संरचनामा धेरै क्षती भयो, सिचाइ बिकास डिभिजन कार्यालयका प्रमुख कृष्ण बहादुर बिश्वकर्माले भन्नुभयो–‘ क्षतिग्रस्त संरचना प्रयोगमा ल्याउन सक्ने संभावना छैन ।’

उहाँका अनुसार नहरमा १ करोड ५० लाख रुपियाँ बराबरको क्षती पुगेको छ । रोल्पा लुंङ्ग्री खोलाको पुरानो मुहान देखि ३ सयमिटरसम्म तेवाङ–अरेश सडकले क्षती पुर्याएको स्थानीय बासिन्दा बताउँछन् । सडक निर्माण गर्नुपूर्व नहरमा कुनै क्षती नपुर्याउउने भनेर लिखित सहमती समेत त्यतिबेला भएको थियो । डिभिजन प्रमुख बिकले भन्नुभयो–‘तर सहमती कार्यान्वयन गरिएन ।’

राज्यकै एउटा निकाय बिकास गर्दै जाने र अर्को भत्काउदै जाँदा दिगो बिकासमा बाधा पुग्ने उहाँको भनाइ छ । बिच बिचमा आएको पहिरोले निर्माण आयोजनामा समस्या थपिएको छ । त्यस्तै महिना दिन देखि रोल्पा कै छिर्नी–कोइरालेखर्क जोड्नेसडक खन्ने क्रममा जुतुङ्खोलाको नहर पुरिदा पाँच लाख रुपियाँ भन्दा बढिको क्षति भएको डिभिजन कार्यालयले जनाएको छ ।

पहिरोले पुरिएको ६० मिटर लामो नहर पन्छ्याउन क्षेत्रीय सिँचाइ डिभिजनमा बजेट माग गरिएको सिचाइ डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ । माडी नदिको मुहान लुङ्ग्री भन्दा २५÷२६ सय मिटर तलको जुतुङखोलाबाट भएपनी नहरमा पानी सञ्चालन गर्ने प्रयासमा लागेको सो कार्यालय प्रमुख बिश्वकर्माले जानकारी दिनुभयो । ‘सबैको सहयोग पाए यसैबर्ष जुतुङखोलाको पानी लिएर भएपनी माडिबासिको माग पूरा गर्ने गरि योजना अगाडि बढाइएको छ, उहाले भन्नुभयो ‘माडिबासिको सिचाइ सपना यसै बर्षमा पूरा गर्छौं ।’

पूर्बराजा विरेन्द्रको उपहार

२०४२ सालमा प्यूठानको स्वर्गद्धारीका भ्रमणमा आउनु भएका तत्कालीन राजा विरेन्द्रले प्यूठानको कृषिक्षेत्रको विकासका लागी माडी नदिले पुर्याउन सक्ने योगदानलाई मध्यनजर गर्दै यो आयोजनाको संभाव्यता अध्ययन अघि बढेको थियो । त्यस लगत्तै २०४४ सालबाट आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो । ‘राजा विरेन्द्रले उपहार स्वरुप नहरका लागी बजेट छुटयाएका थिए, तर ४६ सालको बहुदल आएपछि नहर निर्माणको काम ठप्प भयो, यसबर्ष जसरी पनि आयोजना पूरा हुनेमा आशाबादी थियौ’– प्यूठान सारिका स्थानिय लोक बहादुर सुनारले भन्नुभयो । नगर बनेर सिँचाई होला भन्ने सपना बुढेसकालसम्म पनि अधुरै हुने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्