डोटीमा जिप दुर्घटना एकको मृत्यू १ घाईते


विमल विष्ट, डोटी ।
डोटीको शिखरनगरपालिका ९ लाटामाण्डौमा जिप दुर्घटनाहुदा एकजनाको ज्यान गएको छ भने एकजना गम्भिर घाईते भएका छन् शैलेस्वरी यातायात ब्यबसायी समितिका प्रमुख हर्क बहादुरमहराले दिनु भएको जानकारी अनुसार लाटामाण्डौ बाट बानीडुग्रीसैन तर्फ आउदै गरेको ग १ ज ३१५३ नम्बरको शैलेस्वरी यातायातको महिन्द्रा पिकअप जिप दुर्घटना हुदा शिखरनगरपालिका ७ बस्ने बर्ष अन्दाजी २८÷२९का जिप चालक क्षत्र कुँवरको ज्यान गएको हो ।

त्यस्तै सोही दुर्घटनामा परी जिपका सह चालक अन्दाजी बर्ष १८÷१९का कृष्ण बिक गम्भिर घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको र उनि अचेत अवस्थामा रहेको बताईएको छ । घाईतेलाई उपचारकालागि दिपायल तर्फ ल्याउदै गरिएको प्रहरीले जनाएको छ । जिप सडक बाट करिब ३÷४ सय मिटर तल खसेको बताईएको छ । जिप दुघटनाको कारण बारे बुझन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।