डोटीमा एक महिनामा ३ सय १५ गाडी कार्वाहिमा


विमल विष्ट, डोटी ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीहिनामा ३ सय १५ सवारी साधन कार्वाहि परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब निरिक्षक रुपसिंह थापाले दिनु भएको जानकारी अनुसार बैसाक महिनामा जिल्ला भरीमा बस २६, ट्रक ६३, टयाक्टर ५०, जिप १ सय १९ तथा ५७ वटा मोटरसाईकिल कार्वाहिमा परेका छन् ।

नियम बिपरित यातायातका साधन चलाएको तथा अन्य बिभिन्न ट्राफिक नियम उलंघन गरेका यतिको संख्यामा सवारी साधन कार्वाहिमा परेको ट्राफिक प्रहरी प्रमुख थापाले बताउनु भयो ।

कारवाही गरिएका सवारी साधन बाट कुल एक लाख ६४ हजार ५ सय रुपिया साज्वस्व समेत संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले जनाएको छ । पछिल्लो समय डोटीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधन चेक जाचमा कडाई गरेको छ ।