बिद्युत प्राधिकरणका प्रमुख घेराउमा


नेपाल समाचारपत्र, बैतडी ।
बिद्युत सेवा १ महिनादेखि अबरुद्ध भएपछि नेपाल बिद्युत प्राधिकरण दार्चुला बितरण केन्द्रका प्रमुखलाइ बैतडी र दार्चुलाका नागरीकले गोकुलेश्वरमा गाडी सहित बिहीवार घेराउ गरेका छन् ।

वितरणकेन्द्रका प्रमुख राम दिनेश चौधरीलाइ बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर जगरपालिकाका स्थानिय बासिन्दाले गोकुलेश्वरमा घेराउ गरेका हुन् । डिलासैनी र शैल्यशिखरमा बैशाख २ गतेबाट बिद्युतसेवा अबरुद्ध भएपछि आक्रोसित स्थानियले प्रसारण लाइन हेर्न गएका प्रमुख चौधरीलाइ घेराउ गरेको डिलासैनि ६ गोकुलेश्वरका सुरेस श्रेष्ठले जानकारी दिनु भयो । बैशाख २ गते आएको हावहुरीले उक्त क्षेत्रमा प्रसारण लाइनमा क्षेती पु¥याउदा बिद्युत सेवा अबरुद्ध भएको थियो ।

अबरुद्ध बिद्युत सेवालाइ पटक पटक सुचारुका लागी नेपाल बिद्युत प्राधिकरण दार्चुला शाखालाइ अनुरोध गर्दापनि कुनै वास्ता नगरेकाले कार्यालय प्रमुखलाइ नै घेराउ गरीएको शैल्यशिखर ९ गोकुलेश्वरका लक्ष्मण बिष्टले जानकारी दिनुभयो । बिद्युत प्राधिकरणले उक्त क्षेत्रमा कुनै पनि कर्मचारी नखटाएको र कार्यलयमा फोन गर्दा समेत एक महिना सम्म कुनै चासो नदिएको स्थानियको आरोप रहेको छ । बिद्युत सेवा अबरुद्ध हुदा डिलासैनिको गोकुलेश्वरमा रहेको कृषि तथा पशुबिज्ञान कलेजको पठनपाठन पनि प्रभाबित भएको कलेजका स्वबियु सभापती राजेन्द्र बमले जानकारी दिनुभयो ।

बिद्युत नहुदा प्रोजेक्टका माध्यमबाट पढाइ हुन नसकेको र इन्टरनेटबाट रिसर्च गरेर हुने पढाइपनि प्रभावित भएको स्ववियु सभापती बमले बताउनुभयो । उता नेपाल बिद्युत प्राधिकरण दार्चुला बितरणकेन्द्रका प्रमुख चौधरीले भने अबरुद्ध बिद्युत सेवा सुचारुका लागी मर्मत गरीरहेको र दिनहु जसो आउने हावाहुरीले गर्दा नियमित रुपमा बिद्युत सुचारु गर्न नसेको स्वकार्नु भएको छ । यसअघि बुधवार पनि त्यहाका स्थानिय बासिन्दाले अबरुद्ध बिद्युत सेवा सुचारुको माग राख्दै महाकाली राजमार्गमा चक्काजाम गरेका थियो ।