गोरखाको आरुघाट गाउँपालिकामा काँग्रेस विजयी


सन्तोष अधिकारी, गोरखा । गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पूर्णबहादुर दाहाल विजयी भएका छन् ।

उनले ३४७६ मत प्राप्त गरी बिजयी भएका हुन् । दाहालका निकटतम प्रतिद्धन्दी एमालेका बकबहादुर लामाले ३०६६ मत प्राप्त प्राप्त गरे ।

गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकी कल्पना नेपाली बिजयी भइन् । नेपालीले ३६०९ मत प्राप्त गरिन भने उनकी प्रतिद्धन्दी एमालेकी मिनु बरामले ३०७६ मत प्राप्त गरिन् । यो सँगै कांग्रेसले जिल्लाको छ वटा गाउँपालिकामा जित हार पारेको छ ।