छोरीको विहेको रकम विद्यालयलाई सहयोग


अनिल खत्री, गुल्मी । गुल्मीका एक परिवारले छोरीको बिहेमा उठेको रकम बिद्यायललाई सहयोग गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालीका ४ निवासी भुपाल ज्ञवाली र उहाँकी श्रीमती शान्ता ज्ञवालीले आफ्नी छोरीको विहेमा दुई विद्यालयहरुलाई ५०/५० हजार रकम दिएर आर्थिक सहयोग उपलव्ध गराएका छन् ।

उनिहरुले गुल्मीको रुरु गाउँपालीका ६ रिमुवा स्थीत जनज्योती माध्यमिक विद्यालय र पाल्पा स्थीत दम्कडा माध्यमिक विद्यालय दम्कडालाई उक्त रकम सहयोग गरेका हुन ।
ज्ञवालीले हालै आफ्नी छोरी डा.पुर्णिमा ज्ञवालीको विहे पोखरा महानगरपालीका १७ अन्र्तगत छोरेपाटन निवासी हिराराज चालीसे र पार्वती चालीसेका छोरा डा. जयप्रकास चालीसेसँग विहे गरिदिएका हुन । अनाबशेक खर्च गरेर रकमको दुरुपयोग गर्नु भन्दा बरु उक्त रकमलाई सामाजिक क्षेत्रमा खर्चिनुपर्छ भन्ने लागेर आफुहरुले उक्त निर्णय गरेको ज्ञवालीले बताए ।
दुबै विद्यालयहरुमा केही दृष्टिविहिनहरुले अध्यन गर्दछन् । उनीहरुलाई देखेर सहयोग गर्नुपर्छ भन्ने सोंचाई पहिलेदेखिनै जागेको थियो तर मौका मिलेको थिएन ज्ञवालीले भने ‘यही मौकामा सहयोग गर्नुपर्छ भन्ने मनमा पलायो र घर सल्लाह गरेर हामी उक्त निर्णयमा पुगेका हौ’ । समाजमा विहेमा दाईजो दिनैपर्छ भन्ने मान्यता अझै पनि यद्यपि कायमै रहेको छ ।