अरु चुनावमा, उनी ओछ्यानमा


नेपाल समाचारपत्र,हेटौंडा । अरुमा चुनावी माहोल बढेको बेला उपचार अभावमा सीतामाया भने मृत्यु कुरेर बसेकी छिन् । मुटु रोगले उनी सात महिनादेखि ओछ्यान परेकी हुन् ।
हेटौंडा–१५, सयफुटकी करिब ५५ वर्षीया सीतामाया चेपाङ उठ्न नसक्ने अवस्थामा छिन् । सम्पत्तिका नाममा भएको पा“च कठ्ठा जग्गा बेचेर उपचार गरियो । तर, रोग निको भएन । करिब दुई वर्षअघि पति बिते । कमाउने कोही छैनन् । आर्थिक अभावले उपचार गराउन समस्या भएको उनको भनाइ छ ।
२० वर्षीय छोराले मजदुरी गरी कमाएको पैसाले मुस्किलले दुई छाक खानपुग्छ । उपचार गराउनसक्ने अवस्था छैन । गाउ“कै धामीझा“क्रीको भरमा उनी अहिले मृत्यु कुरेर बसेकी छिन् ।
दिनप्रतिदिन रोग बढ्दै जाने समस्याले उठ्न÷बस्न र खानसमेत नसक्ने अवस्था छ उनको । चार छोरी र एक छोराकी आमा सीतामायाको रेखदेख कान्छी छोरीले गर्दै आएकी छिन् ।