हुकिङ गरी विद्युत् चुहावट गर्ने सात जना पक्राउ


लहान, २९ वैशाख । विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले हुकिङ गरी विद्युत् चुहावट गर्ने आधा दर्जनलाई आज नियन्त्रणमा लिएको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत आज प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले सिरहा नगरपालिका–९ ठेंगहीबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने स्थानिय गणेश यादव, जुगती यादव, विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका कुमर पासवान, गुबदा पासवान र अर्नमा गाउँपालिका–३ अर्नमाबाट वीरेन्द्र ठाकुर, पवन पासवान र रञ्जीतकुमार मुखियालगायत सात जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । पोलबाट हुकिङ गरेर चलाइरहेको टिभी दुई थान, मोटर दुई थान, पङ्खा दुई थानसमेत बरामद गरेकोे प्रमुख यादवले बताउनुभयो । रासस