मौन अवधिले गाउँ/बजार सुनसान

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा । स्थानीय तह निर्वाचनको मौन अवधि शुरु भएपछि गाउ“ र बजार सुनसान भएको छ । मनोनयन दर्तापछि एक साता उम्मेदवारको प्रचारप्रसार र कोणसभा लगायतका कारण भीडभाड हुने गरेका गाउँ/बजार अहिले सुनसान भएका छन् ।
माइकिङसहित प्रचारप्रसारको ध्वनि प्रदुषणले दिक्क बनेका सर्वसाधारण मौन अवधि शुरु भएपछि खुशी भएका छन् । ‘दिनभर विभिन्न पार्टीका माइकिङले दिक्क भइएको थियो,’ हेटौंडा–६, चुच्चेखोलाका राजकुमार बिडारी भने–अब कानले शान्ति पाएको छ ।

मोटरसाइकल ¥याली, नाराबाजीसहित घरदैलोले मतदातालाई ‘झर्को लागेको’ उनले बताए । जुलुस, ¥याली र प्रचारप्रसारको समयभन्दा मौन अवधिमा धेरै मतदाताले मतको निर्णय गर्ने गरेको हेटौंडा–१७ का उदय बिडारीले बताए ।
‘स्थानीय निर्वाचनमा चिनेका उम्मेदवार हुन्छन्,’ उनले भने–त्यसैले यो तामझाम भन्दा उम्मेदवारको व्यक्तित्वको प्रभाव बढी हुन्छ । उनले मौन अवधिमा भोट हाल्नेबारे परिवार र साथीभाइबीच निर्णायक सल्लाह हुने दाबी गरे । मौन अवधिमा चुनावी प्रचारप्रसार पूर्णरुपमा निषेध गरिएको हुन्छ । मौन अवधि विहीबार राति १२ बजे शुरु भएको छ ।